राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीलाई भेटेर बधाई तथा सफल कार्यकालको शुभकामना दिएका छन्।
मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्री निवासमा पुगेका अध्यक्ष दाहालले देशको समसामयिक राजनीतिक अवस्था, विकसित घटनाक्रम र राष्ट्रियसभाको कामकारबाहीबारे छलफल गरेका थिए।
दाहालले प्रधानमन्त्रीलाई बानेश्वरस्थित संघीय संसद भवन र सिंहदरबारस्थित संसद सचिवालयमा भएको क्षतिको अवस्थाबारे जानकारी गराएका थिए।
प्रधानमन्त्री कार्कीले मुलुकलाई शान्ति र स्थिरतामार्गमा अघि बढाउन राष्ट्रियसभाको भूमिका महत्वपूर्ण हुने उल्लेख गरिन्। साथै, वर्तमान संकटलाई पार गर्न सबै दल र पक्षले मिलेर अघि बढ्नुपर्नेमा उनले जोड दिएकी छन्।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया