संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजे बस्ने भएको छ।
आर्थिक वर्ष २०८३/८४ को सरकारको नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ प्रधानमन्त्री बालेन शाहले आज दिने भएका छन् । प्रधानमन्त्रीको जवाफपछि सोही दिन नीति तथा कार्यक्रम पारित गर्ने तयारी रहेको संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा छलफल, प्रश्नोत्तर, तथा संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले वैशाख २८ गते संघीय संसद बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । आजको बैठकमा उक्त कार्यक्रममाथि छलफल सुरु हुने, सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्रीले जवाफ दिने तथा प्राप्त संशोधन प्रस्तावहरू निर्णयार्थ प्रस्तुत गरिने कार्यसूची रहेको छ । त्यसपछि नीति तथा कार्यक्रमलाई पनि निर्णयार्थ पेश गरिनेछ ।
यसअघि हिजो बसेको बैठकमा विभिन्न दलका नेताहरूले नीति तथा कार्यक्रमबारे आफ्नो धारणा राखेका थिए ।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया