विश्वका १०० प्रभावशाली व्यक्तिमा परे प्रधानमन्त्री बालेन; महानगरको सुधारदेखि देशको नेतृत्वसम्मको यात्राको अन्तर्राष्ट्रिय चर्चा

विश्वका १०० प्रभावशाली व्यक्तिमा परे प्रधानमन्त्री बालेन; महानगरको सुधारदेखि देशको नेतृत्वसम्मको यात्राको अन्तर्राष्ट्रिय चर्चा

प्रधानमन्त्री वालेन्द्र शाहलाई ‘टाइम म्यागेजिन’ले सन् २०२६ का लागि सार्वजनिक गरेको १०० प्रभावशाली व्यक्तिको सूचीमा समावेश गरेको छ ।

म्यागेजिनले ३५ वर्षीय शाहलाई पूर्व ‘हिप–हप’ कलाकारदेखि नेपालको सबैभन्दा कान्छा प्रधानमन्त्रीसमेत भन्दै उनको यात्राबारे चर्चा गर्दै दक्षिण एसियाली राजनीतिमा नयाँ तरङ्ग ल्याउने व्यक्तिका रूपमा चित्रण गरेको छ ।

प्रधानमन्त्री शाहको उदय युवापुस्ताको समर्थन र पुराना राजनीतिक दल तथा संरचनाप्रतिको असन्तुष्टिको परिणाम भएको म्यागेजिनले जनाएको छ ।

काठमाडौँ महानगरपालिकाका प्रमुख रहँदा फोहोर व्यवस्थापन, शिक्षा र स्वास्थ्य क्षेत्रमा गरेका सुधारको चर्चा गर्दै प्रधानमन्त्रीको जिम्मेवारीमा शाहप्रतिको नेपाली जनताको विश्वाससँगै प्रभावकारी नेतृत्व निर्वाहको अपेक्षाबारे पनि चर्चा गरिएको छ ।

672350074 122283204818166130 8321808959032049093 n https://bajarkochirfar.com/prime-minister-balen-among-the-worlds-100-most-influential-people-international-discussion-of-his-journey-from-metropolitan-reform-to-national-leadership | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स