SHAREHUBSHAREHUB

घट्यो सिमेन्ट र डन्डीको मूल्य, कतिमा हुँदैछ किनबेच ?

AdvertisementAds
घट्यो सिमेन्ट र डन्डीको मूल्य, कतिमा हुँदैछ किनबेच ?
AdvertisementAds

सिमेन्ट र डन्डीको मूल्य घटेको छ। निर्माण क्षेत्रमा माग घट्नु र विकास आयोजनाहरू सुस्ताउनु नै मुख्य कारण हो। नेपाल निर्माण व्यवसायी महासंघका अनुसार हाल निर्माण गतिविधि करिब १२ प्रतिशतमा सीमित छ। माग कम भएपछि उद्योगीहरूले मूल्य घटाउन बाध्य भएका हुन्।

सिमेन्ट प्रतिबोरा करिब ८०० बाट ६०० रुपैयाँ हाराहारीमा झरेको छ भने डन्डी पनि प्रतिकेजी ११५ बाट ८६ रुपैयाँमा आएको छ। निर्माण कार्य सुस्त हुँदा बजारमा समग्र कारोबार घटेको र लागत घट्दा रियल इस्टेट क्षेत्रमा केही सकारात्मक असर देखिएको व्यवसायीहरूको भनाइ छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स