SHAREHUBSHAREHUB

प्रभु साहले भने, “व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ”

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र १९ गते
AdvertisementAds
प्रभु साहले भने, “व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्छ”
AdvertisementAds

आम जनता पार्टीका अध्यक्ष प्रभु साहले औद्योगिक तथा व्यापारिक नगर वीरगञ्जलाई आर्थिक राजधानी बनाउनुपर्नेमा जोड दिएका छन् ।

आम जनता पार्टीले आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले वीरगञ्जमा पर्याप्त मात्रामा आर्थिक गतिविधि हुने भएकाले  यसलाई आर्थिक राजधानी बनाउनुपर्नेमा उनको जोड थियो ।

प्रतिनिधिसभा सदस्यसमेत रहेका साहले मुलुकको आर्थिक विकासका लागि सरकार र निजी क्षेत्रबीच सहकार्य अपरिहार्य भएको बताए ।

‘‘मुलुकको आन्तरिक तथा बाह्य ऋण बढिरहेको छ,’’ उनले भने,‘‘स्वदेशी उद्योग, कलकारखानालाई प्रवद्र्धन गर्ने नीति अवलम्बन गर्न आवश्यक छ ।’’

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स