लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफको साधारण सभा बस्दै, बुक क्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २ गते
लाभांश पारित गर्न प्रभु महालक्ष्मी लाइफको साधारण सभा बस्दै, बुक क्लोज कहिले ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले आठौं वार्षिक साधारण सभा जेठ २६ गते बिहान ११ बजे काठमाडौंस्थित आम्रपाली ब्याङ्क्वेटमा बोलाएको छ। सभामा कम्पनीले गत आर्थिक वर्षको संचित मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस सेयर र ०.४२१ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। यसअघि सातौं वार्षिक साधारण सभाले पारित गरेको ७ प्रतिशत हकप्रद सेयर निष्काशन गर्ने निर्णय भने, बोनस सेयर वितरणपछि कम्पनीको चुक्ता पूँजी नियामक निकायले तोकेको स्तरमा पुग्ने भएकाले रद्द गरिनेछ।

त्यसैगरी, सभाले गत आर्थिक वर्षको वार्षिक प्रतिवेदनसहितका वित्तीय विवरणहरू पारित गर्नुका साथै चालू आर्थिक वर्षका लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ। साथै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने र सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत भएको खर्च अनुमोदन गर्ने प्रस्ताव पनि सभामा प्रस्तुत गरिनेछ।

सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुन कम्पनीले जेठ १६ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। त्यसअनुसार, जेठ १४ गतेसम्म कायम रहेका सेयरधनीहरू मात्र सभामा सहभागी हुन र प्रस्तावित लाभांश पाउन योग्य हुनेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स