प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न, केके प्रस्ताव भए पारित ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २६ गते
प्रभु महालक्ष्मी लाइफको साधारण सभा सम्पन्न, केके प्रस्ताव भए पारित ?

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको ८औं वार्षिक साधारण सभा आज (जेठ २६) गते सोमबार, कम्पनीकी अध्यक्ष शिक्षा भट्टचनको अध्यक्षतामा काठमाडौंमा सम्पन्न भएको छ।

सभाले आर्थिक वर्ष २०७८/७९ को लेखापरीक्षकको प्रतिवेदनसहित वार्षिक प्रतिवेदन पारित गरेको छ।

यस बैठकमा सेयरधनीहरूलाई आर्थिक वर्ष २०८०/८१ का लागि ८% बोनस सेयर र ०.४२१% नगद लाभांश (बोनस सेयरमा लाग्ने करसहित) वितरण गर्ने प्रस्ताव पारित गरिएको छ।

बोनस सेयर वितरण पश्चात कम्पनीले नेपाल बीमा प्राधिकरणको निर्देशन अनुसार न्यूनतम चुक्तापुँजी पुरा गर्नेछ। साथै, सभाले आर्थिक वर्ष २०८०/८१ को वार्षिक तथा लेखापरीक्षकको प्रतिवेदन पनि स्वीकृत गरेको छ

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स