लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सको साधारण सभा आज बस्दै, कति दिँदैछ लाभांश ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ श्रावण २३ गते
लाभांश पारित गर्न प्रभु इन्स्योरेन्सको साधारण सभा आज बस्दै, कति दिँदैछ लाभांश ?

प्रभु इन्स्योरेन्सले आज साउन २३ गते काठमाडौंको तीनकुनेस्थित प्रभु कम्प्लेक्समा आफ्नो २९औं वार्षिक साधारणसभा गर्दैछ। सभा बिहान ११ बजे सुरु हुनेछ। असार २४ गते बसेको सञ्चालक समितिको बैठकले सभाको मिति तय गरेको हो।

सभामा कम्पनीले गत आर्थिक वर्षको नाफाबाट १८ प्रतिशत बोनस सेयर र ०.९४७४ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। साथै, सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित वासलात, नाफा-नोक्सान विवरण, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू अनुमोदन गरिनेछ।

सभाले आगामी आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्नेछ। बोनस वितरणपछि कायम हुने पूँजीको ४७ प्रतिशतका दरले हकप्रद सेयर जारी गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ।

कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनका लागि साउन २ गते बुकक्लोज गरेको छ। त्यसअनुसार साउन १ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरूले सभामा सहभागी हुन र लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स