insta insta

प्रभु, हिमालयन र एनआईसी एसिया बैंक राष्ट्र बैंकको कारबाहीमा

प्रभु, हिमालयन र एनआईसी एसिया बैंक राष्ट्र बैंकको कारबाहीमा
Advertisement Ads

नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा प्रभु बैंक, हिमालयन बैंक, र एनआईसी एशिया बैंकलाई निर्देशनविपरीत काम गरेको भन्दै कारबाही गरेको छ।

प्रभु बैंकले नियमविपरीत सञ्चालक समिति नियुक्त गरेको र कर्जा वर्गीकरणमा कमजोरी देखिएको भन्दै प्रमुख कार्यकारी अधिकृतलाई सचेत गराइएको छ। हिमालयन बैंकले कर्जा नोक्सानी व्यवस्थापनमा त्रुटि गरेको भन्दै सीईओलाई सचेत गराइएको छ।

एनआईसी एशिया बैंकले संचालक तथा परिवारलाई बढी ब्याज दिएको र कर्जा व्यवस्थापनमा गडबडी गरेको पाइएकाले राष्ट्र बैंकले बैंकका सीईओ र अध्यक्षलाई नसिहत दिएको छ। यी बैंकहरूलाई सुधारको कार्ययोजना बनाउन र निर्देशनको पूर्ण पालना गर्न आदेश दिएको छ।

1 NwsPlZ9c5L https://bajarkochirfar.com/prabhu-himalayan-and-nic-asia-banks-under-action-by-nepal-rastra-bank | %tags 3 3ugLDZn8cY https://bajarkochirfar.com/prabhu-himalayan-and-nic-asia-banks-under-action-by-nepal-rastra-bank | %tags 5 lkGguKu5zN https://bajarkochirfar.com/prabhu-himalayan-and-nic-asia-banks-under-action-by-nepal-rastra-bank | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स