प्रभु बैंकको नाफा ९६५% ले बढ्यो, ईपीएस २३ रुपैयाँ

प्रभु बैंकको नाफा ९६५% ले बढ्यो, ईपीएस २३ रुपैयाँ

प्रभु बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। प्रकाशित विवरणअनुसार, बैंकको खुद नाफा ९६५.२५ प्रतिशतले बढेर ५ अर्ब ४४ करोड २६ लाख रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा बैंकले ५१ करोड ८ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

खुद ब्याज आम्दानी र सञ्चालन आम्दानी घटेपनि ईम्पेयरमेन्ट चार्ज घटेका कारण नाफा बढेको हो। इम्पेयरमेन्ट चार्ज अघिल्लो वर्ष ४ अर्ब ७१ करोड रहेकोमा अहिले २ अर्ब ५१ करोड रुपैयाँ ऋणात्मक भएको छ।

चौथो त्रैमाससम्ममा प्रभु बैंकको खुद ब्याज आम्दानी ३९.४६ प्रतिशतले घटेर ७ अर्ब १९ करोड रुपैयाँमा सीमित भएको छ भने सञ्चालन आम्दानी २७.२७ प्रतिशतले घटेर १० अर्ब ५७ करोड रुपैयाँमा सीमित भएको छ।

बैंकको खराब कर्जा अनुपात ०.२ प्रतिशतबिन्दुले बढेर ४.९६ प्रतिशत पुगेको छ।

समीक्षा अवधिमा बैंकले ३ खर्ब ४२ अर्ब रुपैयाँ निक्षेप संकलन गरी २ खर्ब ३० अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। निक्षेप संकलन १२.१७ प्रतिशत र  कर्जा प्रवाह ४.२२ प्रतिशतले बढेको छ।

बैंकको चुक्ता पूँजी २३ अर्ब ५४ करोड २४ लाख रुपैयाँ रहेको छ भने जगेडा कोषमा १३ अर्ब ५५ करोड रुपैयाँ सञ्चित छ। वितरणयोग्य नाफा अघिल्लो वर्ष ३ अर्ब २ करोड रुपैयाँ ऋणात्मक अवस्थामा रहेकोमा गत वर्ष १ अर्ब ४ करोड ५१ लाख रुपैयाँमा पुगेको छ। बैंकको लाभांश क्षमता ४.४४ प्रतिशत रहेको छ।

बैंकको प्रतिसेयर आम्दानी २० रुपैयाँ ९५ पैसाले बढेर २३ रुपैयाँ १२ पैसामा पुगेको छ। यस्तै, प्रतिसेयर नेटवर्थ १६२ रुपैयाँ रहेको छ।

अन्य कम्पनीहरूको चौथो त्रैमासको वित्तीय विवरण सहज रूपमा पढ्न हामीलाई Facebook मा Follow गर्नुहोस्।

PRVU 1 https://bajarkochirfar.com/prabhu-banks-profit-increases-by-965-eps-at-rs-23 | %tags

 

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स