प्रभु बैंकका केही संस्थापक सेयरधनीहरूले आफ्नो नाममा रहेको २१ लाख ५ हजार ६७५ कित्ता सेयर बिक्रीमा राखेका छन्।
बैंकले यसअघि विभिन्न समयमा विद्यमान संस्थापक सेयरधनीहरूलाई यस सेयर खरिदका लागि जानकारी गराएको थियो। तर, सो समूहबाट कुनै पनि खरिद निवेदन नपरेपछि अब सर्वसाधारण व्यक्ति तथा संस्थाहरूमाझ सेयर बिक्री खुला गरिएको हो।
बैंकले इच्छुक लगानीकर्तालाई १५ दिनभित्र आवेदन दिन आह्वान गरेको छ। आवेदन पेस गर्नका लागि काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा सम्पर्क गर्नुपर्नेछ।
यस सेयर खरिदका लागि बैंकका संस्थापक सेयरधनीहरूका साथै अन्य व्यक्ति तथा संस्थाहरूले पनि निवेदन दिन सक्नेछन्। यसअघि बैंकले ३५ दिने सूचना प्रकाशित गरी संस्थापक समूहलाई प्राथमिकता दिएको थियो, तर माग नआएपछि अब सार्वजनिक रूपमा सेयर बिक्री प्रक्रिया अघि बढाइएको हो।








![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-768x432.jpg)






![‘स्वर्णिम बुल’ ल्याउने भनिएको ‘२१ बुँदे’ आउँदा पनि सेयर बजार घट्नुको रहस्य यस्तो [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HMoqXi3QlE4-maxresdefault-150x150.jpg)




प्रतिकृया