भोलिदेखि काठमाडौं उपत्यकाका यी स्थानहरुमा एक हप्तासम्म बिजुली काटिने

बजारको चिरफार
बजारको चिरफार
२०८१ फाल्गुन २५ गते
भोलिदेखि काठमाडौं उपत्यकाका यी स्थानहरुमा एक हप्तासम्म बिजुली काटिने
Representative Image
AdvertisementAds

काठमाडौं उपत्यकाका विभिन्न क्षेत्रमा करिब एक हप्तासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ। नेपाल विद्युत् प्राधिकरण, काठमाडौं उपत्यका पश्चिम वितरण प्रणाली सदृढीकरण आयोजना, खरिपाटी भक्तपुरका अनुसार भोलि सोमबार (फागुन २६ गते) देखि बानेश्वर, कुलेश्वर र कीर्तिपुर वितरण केन्द्रअन्तर्गतको विद्युतीय लाइन भूमिगत गर्ने कार्यका लागि बिजुली काटिन लागेको हो।

विद्युत् आपूर्ति बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म अर्थात् दैनिक ५ घण्टा बन्द हुनेछ। विभिन्न स्थानका लागि निर्धारित समयसारणी अनुसार, फागुन २६ गते भत्केको पुल (चाबहिल), २७ गते भत्केपाटीदेखि नगाउँसम्म, चैत ३ गते बल्खुदेखि चोभार गेटसम्म, ४ गते कीर्तिपुर रिङरोड तथा मैत्रीनगर क्षेत्र, र ५ गते कलंकीदेखि थानकोटसम्म विद्युत् आपूर्ति अवरुद्ध हुनेछ।

साथै, मौसम प्रतिकूल रहेमा सटडाउन नहुने प्राधिकरणले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स