काठमाडौं उपत्यकाको यी क्षेत्रहरूमा आज ५ घण्टा बिजुली काटिने
काठमाडौं उपत्यकाका केही स्थानमा आज पाँच घण्टा विद्युत् अवरुद्ध रहने छ। नेपाल विद्युत् प्राधिकरणका अनुसार, च्यासल, लुभू फिडर (लगनखेल), र इमाडोल–१ (बानेश्वर) फिडर अन्तर्गत बालकुमारी, इमाडोल र लुभू वरिपरिका क्षेत्रहरूमा विद्युत् आपूर्ति बन्द हुनेछ।
यी क्षेत्रहरूमा बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म विद्युत् आपूर्ति रोक्नेछ।
कुलेश्वर, बानेश्वर, जोरपाटी र कीर्तिपुर वितरण केन्द्र अन्तर्गतका विद्युतीय वितरण लाइनलाई भूमिगत गर्ने कार्यको लागि विद्युत् अवरुद्ध गर्नुपरेको प्राधिकरणले जनाएको छ।
माघ १८ गतेसम्म विद्युत् अवरुद्ध रहनेछ।