SHAREHUB SHAREHUB

विद्युत् उत्पादन कम्पनीले २ जलविद्युत आयोजनाको लगानी जुटाउने प्रक्रिया क्यान्सिल गर्यो

Advertisement Ads
विद्युत् उत्पादन कम्पनीले २ जलविद्युत आयोजनाको लगानी जुटाउने प्रक्रिया क्यान्सिल गर्यो
Advertisement Ads

विद्युत् उत्पादन कम्पनी लिमिटेडले साढे ५ खर्ब लागतका दुई जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउने प्रक्रिया  रद्द (क्यान्सिल) गरेको छ।

गत मंसिर २३ गते राष्ट्रिय दैनिक पत्रिकामा प्रकाशित सूचना अनुसार, किमाथांका अरुण जलविद्युत् आयोजना र मुगु कर्णाली जलाशययुक्त जलविद्युत् आयोजनाको लागि वित्तीय लगानी आह्वान गरिएको थियो। तर, बिहीबार बसेको कम्पनीको संचालक समितिको बैठकले उक्त आह्वान प्रक्रियालाई रद्द गर्ने निर्णय गरेको हो।

सरकारले सार्वजनिक निजी साझेदारी ढाँचामा यी दुई जलविद्युत आयोजना निर्माणका लागि लगानी जुटाउन मंसिर २३ गते सूचना प्रकाशित गरेको थियो। यी आयोजनाहरूको कुल विद्युत उत्पादन क्षमता २,३५६ मेगावाट रहेको छ र निर्माणका लागि अनुमानित लागत ५ खर्ब ५३ अर्ब ८० करोड रुपैयाँ लाग्ने छ।

किमाथांका अरुण अर्धजलाशय आयोजनाको विद्युत उत्पादन क्षमता ४५४ मेगावाट र मुगु कर्णाली जलाशययुक्त जलविद्युत आयोजनाको १,९०२ मेगावाट रहेको छ।

newskarkahna news804380 https://bajarkochirfar.com/power-generation-company-cancels-investment-raising-process-for-2-hydropower-projects | %tags

Advertisement Ads

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स