प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक आन्दोलनप्रति प्रतिक्रिया दिँदै सरकार जायज मागहरू सम्बोधन गर्न तयार रहेको बताएका छन्। सोमबार काठमाडौंमा आयोजित ‘हिमालयन डाइलग’ कार्यक्रममा सम्बोधन गर्दै उनले शिक्षकहरूलाई सडकमा दुःख नपाई वार्तामार्फत समाधान खोज्न आह्वान गरे।
प्रधानमन्त्री ओलीले प्रश्न गरे, “अहिले शिक्षक आन्दोलन किन चलिरहेको हो? मलाई थाहा छैन। म प्रधानमन्त्री हुँ, र भनिरहेको छु—जायज माग लिएर आउनुहोस्, आन्दोलन गर्नुपर्दैन, हामी सम्बोधन गर्न तयार छौं।”
उनले शिक्षकहरूलाई सडकमा सुत्न नपर्ने, दुःख भोग्न नपर्ने गरी सरकार सधैं संवादको लागि तयार रहेको स्पष्ट पारे। “आउनुस्, कुरा गरौं, त्यसको समाधान गरौं,” उनले भने, “उहाँहरू वार्तामा आउनुहोला, हामी यथोचित ढंगले सम्बोधन गर्छौं।”
प्रधानमन्त्री ओलीले संवादका लागि ढोका खुला रहेको दोहोर्याउँदै भने, “जायज माग लिएर आउँदा आन्दोलन गर्नु आवश्यक छैन, हामी त्यसको समाधान दिन्छौं। उहाँहरूले किन दुःख पाउनु पर्यो, म बुझ्न सकिरहेको छैन।”
















![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)




प्रतिकृया