सरकार ढल्ने चर्चाका बीच प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको भेटवार्ता

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ ६ गते
सरकार ढल्ने चर्चाका बीच प्रधानमन्त्री ओली र कांग्रेस सभापति देउवाको भेटवार्ता

प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच मंगलबार प्रधानमन्त्री निवास बालुवाटारमा भेटवार्ता भएको छ।

अस्वस्थताका कारण अघि स्थगित गरिएको भेट केहीबेरअघि सम्पन्न भएको हो। दुवै नेताबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको जनाइएको छ, भने राष्ट्र बैंक गभर्नर नियुक्तिको विषयमा पनि कुराकानी भएको बुझिएको छ।

देउवाले प्रा. डा. विश्व पौडेलको नाम सिफारिस गरे पनि प्रधानमन्त्री ओलीले सहमति जनाएका छैनन्। गभर्नर सिफारिस समिति अहिलेसम्म बैठकमा बस्न नसकेको कारण नियुक्ति प्रक्रिया अघि बढ्न सकेको छैन।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स