पठाओ नेपालका प्रबन्ध निर्देशक असीममान सिंह बस्न्यात पदबाट बाहिरिएका छन्। बस्न्यात मंगलबारदेखि प्रबन्ध निर्देशकको जिम्मेवारीबाट अलग भएका हुन्।
सन् २०१८ मा सञ्चालनमा आएको पठाओ नेपालले देशमा राइड–सेयरिङ सेवाको नयाँ संस्कृतिको स्थापना गरेको मानिन्छ। प्रारम्भिक चरणमा नियामकीय अस्पष्टता, बजारको अविश्वास र पूर्वाधार अभावजस्ता चुनौतीबीच बस्न्यातको नेतृत्वले कम्पनीलाई अघि बढाएको थियो। उनको नेतृत्वमा कम्पनीले सेवा विस्तारसँगै सहरी जीवनशैलीमै परिवर्तन ल्याउँदै राइड–सेयरिङ प्रयोगको बानी बसाल्न महत्वपूर्ण भूमिका खेलेको थियो।
हाल पठाओ नेपाल काठमाडौं उपत्यकासहित देशका सातै प्रदेशमा सञ्चालनमा रहेको छ। कम्पनीले हजारौं चालक साझेदारलाई रोजगारी तथा आम्दानीको अवसर उपलब्ध गराउँदै अर्थतन्त्रमा समेत योगदान पुर्याएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया