प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद निश्कल राई ले प्रधानमन्त्रीको निरन्तर अनुपस्थितिप्रति असन्तुष्टि जनाउँदै संसद् ‘बंक’ गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकको शून्य समयमा बोल्दै उनले संसद्को गरिमा कायम गर्न प्रधानमन्त्री स्वयं उपस्थित हुनुपर्ने बताएका हुन्। सत्तापक्षकै सांसदले संसद्लाई ‘गुरुकुल’ र ‘विश्वविद्यालय’को संज्ञा दिएको प्रसंग उल्लेख गर्दै राईले प्रधानमन्त्रीले त्यही संसद्लाई बेवास्ता गरिरहेको टिप्पणी गरे।
“‘सदन चिया चौतारी होइन, जहाँ मन लागे बस्ने, मन लागे जाने । सदन गुरुकुल हुनुपर्छ, विश्वविद्यालय हुनुपर्छ’ भन्ने सत्तापक्षका सांसदको भनाइ सापटी लिँदै भन्छु, प्रधानमन्त्रीले यो गुरुकुल–विश्वविद्यालय बंक गर्न थाल्नुभएको छ,” उनले भने।
राईले नीति तथा कार्यक्रमलाई मुलुक निर्माणको ‘रोडम्याप’का रूपमा व्याख्या गर्दै त्यस्तो गम्भीर विषयमा उठेका प्रश्नको जवाफ दिन प्रधानमन्त्री उपस्थित नहुनु लोकतान्त्रिक अभ्यासका लागि राम्रो संकेत नभएको बताए।
उनले प्रधानमन्त्री संसद्मा उपस्थित नभएसम्म विपक्षी दलको विरोध जारी रहने बताए।





















![मैले अहिलेसम्म सेयरबजारमा घाटा खाएको छैन: प्रभुलाल अधिकारी [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/0KYEKZyOvXI-maxresdefault-150x150.jpg)
प्रतिकृया