राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा पन्थी नियुक्त, को हुन् ?

राष्ट्रिय जीवन बीमा कम्पनीको सीईओमा पन्थी नियुक्त, को हुन् ?
AdvertisementAds

सरकारी स्वामित्वको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) पदमा सुन्दर पन्थी नियुक्त भएका छन्। मंगलबार सम्पन्न सञ्चालक समितिको बैठकले खुला प्रतिस्पर्धाबाट सर्टलिस्ट भएका उम्मेदवारहरूमध्ये पन्थीलाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीको पदपूर्ति समितिले आवेदन दिएका ८ जनामध्ये ४ जनालाई सर्टलिस्ट गरेको थियो। सर्टलिस्टमा पन्थीसहित महेश रिमाल, राजुनाथ खनाल, र रामदेव यादव रहेका थिए। ती चार प्रतिस्पर्धीहरूमध्ये पन्थीले सीईओको पद हासिल गरेका हुन्। उनको कार्यकाल चार वर्षको हुनेछ।

सुन्दर पन्थी नेपाल बैंकका फष्ट क्लास अफिसर हुन्। स्थायी ठेगाना गुल्मी भएका पन्थीले त्रिभुवन विश्वविद्यालयबाट एमए र एमबीए डिग्री हासिल गरेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स