insta insta

ऊर्जा मन्त्रालयका सहसचिवको राजीनामा स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू

ऊर्जा मन्त्रालयका सहसचिवको राजीनामा स्वीकृतसहित यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णयहरू
Advertisement Ads

सरकारले चैत २८ र २९ गते काठमाडौंमा हुने नेपाल–भारत भन्सार महानिर्देशकस्तरीय वार्ताका लागि भन्सार विभागका महानिर्देशकको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्बीसुब्बा गुरूङले सोमबारको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्दै यसबारे जानकारी दिएका हुन्।

बैठकले ऊर्जा मन्त्रालयका सहसचिव राजेन्द्रप्रसाद शर्माको राजीनामा स्वीकृत गरेको, नागरिक एप (सञ्चालन तथा व्यवस्थापन) निर्देशिका, २०७८ खारेज गर्ने निर्णय गरेको, तथा वैकल्पिक वित्त परिचालनसम्बन्धी विधेयक संसदमा पेश गर्न स्वीकृति दिने निर्णय गरेको छ।

अन्य निर्णयहरूमा वरिष्ठ पत्रकार भैरव रिसालप्रति श्रद्धाञ्जली, भुटानमा हुने दक्षिण एसियाली ऊर्जा सचिवहरूको बैठकमा सचिवको सहभागिता, गृह मन्त्रालय अन्तर्गत सर्वेक्षण कार्यको पूर्वस्वीकृति, नेपाली सेनामा पदोन्नति र भ्रमण, रातो मच्छिन्द्रनाथ र मिननाथको रथयात्राका लागि काठ उपलब्ध गराउने, शिक्षा मन्त्रीको लन्डन भ्रमण, सञ्चारमन्त्रीको जापान भ्रमण, बौद्धनाथ विकास समितिमा नियुक्ति, र डडेल्धुराको भागेश्वर गाउँपालिकाको केन्द्र परिवर्तनजस्ता निर्णयहरू छन्।

cabinet 1 e1744162314667 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-including-the-acceptance-of-the-resignation-of-the-joint-secretary-of-the-ministry-of-energy | %tags

Cabinet 2 e1744162354859 https://bajarkochirfar.com/other-decisions-of-the-cabinet-meeting-including-the-acceptance-of-the-resignation-of-the-joint-secretary-of-the-ministry-of-energy | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स