ओप्पोले नेपाली बजारमा नयाँ ‘ए’ सिरिज स्मार्टफोन ओप्पो ए५एक्स सार्वजनिक गरेको छ। टिकाउपन र विश्वसनीयतालाई ध्यानमा राखेर डिजाइन गरिएको यस फोनलाई पानी र धुलोबाट जोगाउन आईपी६५ (IP65) रेटिङ दिइएको छ। फोनमा मिलिटरी ग्रेडको झट्का प्रतिरोधी प्रणाली (शक प्रोटेक्सन) रहेको छ भने ६,००० एमएएच क्षमताको ब्याट्री कम्तीमा पाँच वर्षसम्म टिक्ने कम्पनीको दाबी छ।
फोनको बडी सिल गरिएको छ, जसले धुलो, फोहोर र पानीका छिटाबाट सुरक्षा दिन्छ। यसले कठोर वातावरण वा अप्रत्याशित मौसममा पनि प्रयोग सजिलो बनाउँछ। एसजीएस गोल्ड लेबल ड्युराबिलिटी रेटिङ प्राप्त फोनमा डबल-टेम्पर्ड ग्लास प्रयोग गरिएको छ जुन सामान्य सिसाभन्दा १६०% बलियो छ। यूएसबी-सी पोर्ट पनि वाटरप्रुफ बनाइएको छ।
ब्याट्री पूर्ण चार्जपछि १६.३ घण्टा भिडियो हेर्न, २६.६ घण्टा कल गर्न र ४५० घण्टा स्ट्यान्डबाइ रहन सक्छ। ४५ वाट सुपरभोक फ्ल्यास चार्जले २१ मिनेटमा ३०% र ८४ मिनेटमा पूर्ण चार्ज सम्भव बनाउँछ।
फोन कलरओएस १५ र गुगल जेमिनाई एआई असिस्टेन्टसहित आउँछ। फोटोग्राफीका लागि ३२ मेगापिक्सेल मुख्य, २ मेगापिक्सेल डेप्थ र ५ मेगापिक्सेल फ्रन्ट क्यामेरा छ। स्न्यापड्रागन ६एस जेन १ प्रोसेसरद्वारा सञ्चालित फोन ४/६४ जीबी, ४/१२८ जीबी र ६/१२८ जीबी भेरियन्टमा उपलब्ध छ। मूल्य १४,९९९–१७,९९९ रुपैयाँ तय गरिएको छ।










![नेपालमा सफल बिजनेस गर्ने हो भने बुझ्नैपर्ने कुराहरु [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/b6-IQQtovOU-maxresdefault-768x432.jpg)





![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

![Trend Analysis गरेर Share Market बढ्न वा घट्नसक्ने कुरा कसरी थाहा पाउने ? Technical Training Day 2 [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/81-m4gKqcN4-maxresdefault-150x150.jpg)


प्रतिकृया