मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु, अब वेबसाइटबाटै टिकट लिन सकिने

मानसिक अस्पतालमा अनलाइन टिकट सेवा सुरु, अब वेबसाइटबाटै टिकट लिन सकिने
Advertisement Ads

मानसिक अस्पताल लगनखेलले बिरामीलाई अब अनलाइनबाटै ओपीडी टिकट सेवा सुरु गरेको छ।

नेपाल सरकार, मन्त्रिपरिषद्को मिति २०८२ चैत १३ गतेको बैठकबाट स्वीकृत शासकीय सुधारसम्बन्धी एक सय कार्यसूचीअन्तर्गत बुँदा नं. ३२ को कार्यान्वयनस्वरूप अस्पतालले अनलाइन टिकट प्रणाली सञ्चालनमा ल्याएको हो।

मङ्गलबार स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको निर्देशनमा मन्त्रालयको अनुगमन टोलीले अस्पतालमा अनुगमन गर्दै सो निर्देशन समेत दिएको थियो।

अस्पतालले सञ्चालनमा ल्याएको अनलाइन प्रणालीमार्फत बिरामीले अस्पतालको वेबसाइटबाटै ओपीडी टिकट लिन सक्नेछन्। यस व्यवस्थासँगै टिकट लिन अस्पतालमा लामो समय लाइनमा बस्नुपर्ने बाध्यता हट्ने अस्पतालले जनाएको छ।

अस्पतालका अनुसार अनलाइनबाट टिकट लिने बिरामीले डिजिटल माध्यमबाट टिकट शुल्क भुक्तानी गर्न सक्ने व्यवस्था पनि गरिएको छ। यसले सेवा प्रवाहलाई थप सहज, छरितो र पारदर्शी बनाउने विश्वास अस्पतालको छ।

अस्पतालका अनुसार सार्वजनिक बिदाबाहेक अन्य दिन ओपीडी सेवा बिहान ९ बजेदेखि १ बजेसम्म तथा दिउँसो २ बजेदेखि ५ बजेसम्म सञ्चालन हुनेछ। तर अनलाइनबाट टिकट लिएका बिरामीलाई बिहानको ओपीडीका लागि ९:३० देखि १२:३० बजेसम्म तथा दिउँसोको ओपीडीका लागि २:३० देखि ४:३० बजेसम्म अस्पतालमा उपस्थित हुन अनुरोध गरिएको छ।

WhatsApp Image 2026 07 01 at 15.58.50 https://bajarkochirfar.com/online-ticket-service-launched-at-mental-hospital-tickets-can-now-be-purchased-from-the-website | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स