बालेनप्रति ओलीको कटाक्ष: ‘अध्यक्ष अर्कै, उपाध्यक्ष अर्कै, प्रधानमन्त्री कसरी हुन्छ?’

बालेनप्रति ओलीको कटाक्ष: ‘अध्यक्ष अर्कै, उपाध्यक्ष अर्कै, प्रधानमन्त्री कसरी हुन्छ?’

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भित्र देखिएको राजनीतिक सहकार्यप्रति व्यंग्य गरेका छन्।

रास्वपाले बालेनलाई भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने तयारी गरिरहेको तथा ऊर्जा मन्त्री कुलमान घिसिङ पनि पहिलो वरीयताको उपसभापति बन्ने गरी सो पार्टीसँग सहकार्यमा गएको सन्दर्भ जोड्दै ओलीले नेतृत्व संरचनामाथि प्रश्न उठाए।

मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा ओलीले भने, “प्रधानमन्त्रीमा नाम चलेको व्यक्तिलाई मैले अलि बाठै ठानेको थिएँ। तर अध्यक्ष अर्कैलाई, उपाध्यक्ष अर्कैलाई बनाएर प्रधानमन्त्री कसरी हुन्छ?”

उनले फागुन २१ पछि हुने सम्भावित निर्वाचनमा एमाले र कांग्रेसबाहेक अरू शक्तिले सरकार गठन गर्न नसक्ने दाबीसमेत गरे।

 “एमाले र कांग्रेस बाहेक अरू कसैले सरकार बनाउँछ भन्ने कुरा पत्याएर प्रधानमन्त्री हुन्छु भनेर लाग्नेलाई के भन्ने?” भन्दै उनले व्यंग्यात्मक टिप्पणी गरे।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स