नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच आइतबार एक्लाएक्लै भेटवार्ता भएको छ। दिल्ली प्रस्थानको पूर्वसन्ध्यामा भएको उक्त भेटवार्ता करिब २५ मिनेट चलेको थियो।
प्रचण्डका प्रेस संयोजक गोविन्द आचार्यका अनुसार च्यासलस्थित एक घरमा दुई नेताबीच एक्लाएक्लै भेट भएको हो। उनका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक अवस्था, राष्ट्रिय सभा निर्वाचन तथा फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा सहकार्य गर्ने विषयमा छलफल भएको थियो।
दुई नेताबीच शनिबार बिहान नै भेट गर्ने कार्यक्रम तय भए पनि प्रचण्ड संखुवासभाबाट फर्किन ढिला भएकाले भेटवार्ता आइतबारका लागि सरेको हो।
भेटवार्ताको विस्तृत विवरण सार्वजनिक गरिएको छैन। प्रचण्ड आइतबार साँझ भारतको दिल्ली प्रस्थान गर्ने कार्यक्रम रहेको छ।














![नेपालको होटल तथा पर्यटन उद्योगको भविष्य [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/BuzhHJz_BQw-maxresdefault-150x150.jpg)

![जब गर्ने कि बिजनेस? के गर्ने ? कसरी गर्ने ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/HNwkA7DcUDg-maxresdefault-150x150.jpg)



प्रतिकृया