नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले फागुन २१ मा हुने सम्भावित निर्वाचनपछि एमाले र नेपाली कांग्रेसबाहेक अरू कुनै दलले सरकार गठन गर्न नसक्ने दाबी गरेका छन्।
मदन–आश्रित स्मृति प्रतिष्ठानले मंगलबार आयोजना गरेको ‘एमाले महाधिवेशनको सन्देश र राजनीतिक निकास’ विषयक विचार गोष्ठीमा बोल्दै ओलीले वैकल्पिक राजनीतिक शक्तिहरूको सरकार गठन गर्ने दाबीप्रति प्रश्न उठाए।
“एमाले र कांग्रेस बाहेक अरूले सरकार बनाउँछ? सम्भव छ यो कुरा?” ओलीले भने,
“यस्तो कुरा पत्याएर प्रधानमन्त्री हुन्छु भनेर लाग्नेलाई के भन्ने! खैर…!”
उनले देशको राजनीतिक निर्णय अन्ततः निर्वाचनमार्फत हुने उल्लेख गर्दै चर्चामा आएका व्यक्तित्व वा अस्थायी लोकप्रियताले सरकार बनाउने आधार नबन्ने तर्क गरे।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया