Advertisement
Ads

रुपन्देहीमा आयल निगमको लुम्बिनी प्रादेशिक डिपो निर्माण हुँदै



Advertisement
Ads

रुपन्देहीको ओमसतिया र रोहिणी गाउँपालिकामा नेपाल आयल निगमको लुम्बिनी प्रादेशिक भण्डारण गृह निर्माणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न निगमले काठमाडौँ विश्वविद्यालयसँग सम्झौता गरेको छ। डिपिआर निर्माणका लागि केयूलाई १ करोड ९५ लाखभन्दा बढी रकममा ६ महिनाको समय दिइएको छ।

रोहिणी खोला किनारमा १४ बिघा जमिनमा बन्ने नयाँ डिपोले पेट्रोल, डिजेल र मट्टितेलका लागि ठूलो भण्डारण क्षमता प्रदान गर्नेछ। अमेरिकन पेट्रोलियम इन्स्टिच्यूट मापदण्डअनुसार आधुनिक सुरक्षासहित निर्माण हुने डिपोमा ३ हजार किलोलिटर डिजेल, २२८० किलोलिटर पेट्रोल र ५०० किलोलिटर मट्टितेल भण्डारण हुनेछ।

भण्डारण गृहसँगै १५० ट्याङ्कर पार्किङ क्षमताको स्थान, नयाँ सुरक्षात्मक प्रविधि, र पर्याप्त पूर्वाधार बनाइनेछ। कुल ३ अर्ब २० करोड लागतको परियोजना तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य छ। यसले नेपालमा पेट्रोलियम भण्डारण र वितरणलाई थप व्यवस्थित र दिगो बनाउने विश्वास निगमले व्यक्त गरेको छ।


Advertisement

यो पढेपछि तपाईलाई कस्तो लाग्यो ?



Advertisement
Ads

प्रतिकृया


सम्बन्धित खबर