१० पीएस भन्दा माथिको पावर भएको ‘एनटर्क रेस एक्सपी ब्ल्याक स्कुटर’ नेपाली बजारमा सार्वजनिक

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ३ गते
१० पीएस भन्दा माथिको पावर भएको ‘एनटर्क रेस एक्सपी ब्ल्याक स्कुटर’ नेपाली बजारमा सार्वजनिक

टीभीएस एनटर्कको आधिकारिक वितरक, जगदम्बा मोटर्स प्रा. लि. ले एनटर्क रेस एक्सपी ब्ल्याक स्कुटर सार्वजनिक गरेको छ। नेपालमा पहिलो पटक १० पीएस भन्दा माथिको पावर भएको १२५ सीसी स्कुटर, जसमा डुअल राइड मोड, भ्वाइस असिस्ट टेक्नोलोजी र रेस इन्स्पायर्ड डिजाइन समावेश छन्।

यस स्कुटरले स्ट्रीट मोड र रेस मोड मार्फत ० देखि ६० किलोमिटर प्रति घण्टाको गति ८.३ सेकेन्डमा पुग्न सक्छ, र अधिकतम ९८ किलोमिटर प्रति घण्टा गतिमा चल्न सक्षम छ। यसले २० भ्वाइस कमान्ड मार्फत स्मार्ट कनेक्ट एपसँग इन्टरएक्ट गर्न सक्छ।

स्कुटरको डिजाइनमा म्याट ब्ल्याक फिनिश, रेड पाङ्ग्रा, र एयरोडायनामिक ग्राफिक्स छन्, जसले यसको सौन्दर्य र आक्रमकता थपेको छ।

जगदम्बा मोटर्सले टीभीएस को १५० डिलर नेटवर्क मार्फत नेपालमा उत्कृष्ट ग्राहक सेवा र उत्पादन उपलब्ध गराउँदै बजारमा आफ्नो प्रभाव फैलाएको छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स