SHAREHUBSHAREHUB

आठ कम्पनीको सेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर, कुनको कम्पनीको कति कित्ता ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर ४ गते
AdvertisementAds
आठ कम्पनीको सेयर बेच्दै एनआरएन इन्फ्रास्ट्रक्चर, कुनको कम्पनीको कति कित्ता ?
AdvertisementAds

एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले आफ्नो स्वामित्वमा रहेका विभिन्न आठ कम्पनीका कुल १६ लाख ७७ हजारभन्दा बढी सेयर बिक्री गर्ने निर्णय गरेको छ। मंसिर ३ गते बसेको सञ्चालक समितिको बैठकले सो सेयर बिक्री प्रक्रियालाई अघि बढाउने निर्णय गरेको हो।

कम्पनीले बिक्री गर्न लागेका सेयरमध्ये सूचीकरण भएका कम्पनीका संस्थापक तथा साधारण दुवै प्रकारका सेयरसहित सूचीकरण नभएका कम्पनीका सेयर पनि समावेश छन्। कम्पनीले कुमारी बैंकको पाँच लाख ३० हजार, नेसनल माइक्रोफाइनान्स लघुवित्तको एक लाख सात हजार ४८४, नेरुडे मिर्मिरे लुघिवत्तको ७४ हजार १०६ कित्ता बिक्री गर्न लागेको हो ।

यस्तै, मेरो माइक्रोफाइनान्स लघुवित्तको साधारण र संस्थापक सेयर गरी एक लाख ६ हजार ४२४, प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको पाँच लाख ९४ हजार, हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनीको ४० हजार एक, नेसनल फन्ड म्यानेजमेन्ट लिमिटेडको दुई लाख २५ हजार र नेसनल लाइफ इन्स्योरेन्सको (साधारण सेयर) एक कित्ता बिक्री गरिनेछ ।

 

 

AdvertisementAds

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स