अब त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले आफ्नै कलेजबाट डिजिटल हस्ताक्षरयुक्त मार्कशिट पाउने

अब त्रिभुवन विश्वविद्यालयका विद्यार्थीहरुले आफ्नै कलेजबाट डिजिटल हस्ताक्षरयुक्त मार्कशिट पाउने
Advertisement Ads

अब त्रिभुवन विश्वविद्यालयका विद्यार्थीले आफ्नै क्याम्पसबाट डिजिटल हस्ताक्षरयुक्त मार्कशिट प्राप्त गर्न सक्ने भएका छन्।

विश्वविद्यालयले स्नातक तह चौथो वर्षको वार्षिक परीक्षा प्रणाली अन्तर्गतका परीक्षार्थीहरूको नतिजा डिजिटल हस्ताक्षरसहित सम्बन्धित क्याम्पसबाट उपलब्ध गराइने जानकारी दिएको छ।

यो प्रक्रियाका लागि क्याम्पसहरूले त्रिविबाट उपलब्ध पोर्टलमा ‘रिजल्ट मेनु’ चयन गरी ‘मार्कशिट’ विकल्पमा गएर विद्यार्थीहरूको मार्कशिट प्रिन्ट गर्नुपर्नेछ।

त्रिविले १९ मंसिरदेखि यो प्रणाली लागू गर्न निर्देशन दिएको छ। यसले विद्यार्थीहरूलाई छिटो, सहज, र डिजिटल रूपमै मार्कशिट प्राप्त गर्ने अवसर प्रदान गर्ने अपेक्षा गरिएको छ।

unnamed https://bajarkochirfar.com/now-students-of-tribhuvan-university-will-get-digitally-signed-mark-sheet-from-their-own-college | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स