नेपाल धितोपत्र बोर्डले साना तथा मझौला संगठित संस्थाको धितोपत्र निष्कासन तथा कारोबारसम्बन्धी नयाँ नियमावली, २०८१ जारी गरेको छ। यस नियमावलीअनुसार अब २५ करोड रुपैयाँसम्म पुँजी भएका कम्पनीहरूले पनि सर्वसाधारणका लागि साधारण सेयर (आईपीओ) जारी गर्न पाउने भएका छन्।
बोर्डका प्रवक्ता निरञ्जय घिमिरेका अनुसार नियमावली आज बिहीबारदेखि लागू गरिएको छ। उनले साना कम्पनीहरूको लागि छुट्टै कारोबार गर्ने व्यवस्था समेत गरिने जानकारी दिए।
“साना कम्पनीहरूले आईपीओ निष्कासन गर्ने छुट्टै व्यवस्था ल्याइएको हो,” प्रवक्ता घिमिरेले भने, “त्यसका लागि छुट्टै माध्यम पनि तयार पार्नुपर्ने हुन्छ।”
नियमावलीअनुसार सर्वसाधारणले आईपीओका लागि न्यूनतम ५०० कित्ता सेयरका लागि आवेदन दिनुपर्नेछ। यो व्यवस्थाले साना तथा मझौला कम्पनीहरूलाई पूँजी बजारमा सहभागी गराउने अवसर प्रदान गर्ने विश्वास बोर्डले लिएको छ।

















![बाढीले क्षति पुर्याएका हाइड्रोहरुको अब के हुन्छ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/fPAJ12HDU24-maxresdefault-150x150.jpg)

प्रतिकृया