शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले इन्ट्रान्स तथा ब्रिज कोर्सका कक्षा बन्द गर्ने निर्णयसम्बन्धी सूचना आफ्नो वेबसाइटबाट हटाएको छ।
मन्त्रालयले आइतबार विभिन्न तहका प्रवेश परीक्षा तयारी कक्षा (इन्ट्रान्स) र ब्रिज कोर्स बन्द गर्ने भन्दै विज्ञप्ति सार्वजनिक गरेको थियो। तर, मन्त्रालयको विज्ञप्ति र शिक्षामन्त्री सस्मित पोखरेलले सार्वजनिक गरेको सूचनाबीच फरक देखिएपछि विवाद उत्पन्न भएको हो।
मन्त्रालयले सबै प्रकारका इन्ट्रान्स तयारी कक्षा सञ्चालन गर्न नपाइने गरी सूचना जारी गरेको थियो। तर मन्त्री पोखरेलले कक्षा १२ सम्मका इन्ट्रान्स र ब्रिज कोर्समा मात्र रोक लगाउने निर्णय भएको उल्लेख गर्दै छुट्टै सूचना सार्वजनिक गरेका थिए। यसले निर्णयमा विरोधाभास देखिएको भन्दै आलोचना सुरु भएको छ।
मन्त्रालयको विज्ञप्तिअनुसार मन्त्रीस्तरीय निर्णयमार्फत २०८३ वैशाख १ गतेदेखि यस्ता कक्षा पूर्ण रूपमा बन्द गर्ने उल्लेख गरिएको थियो।
सरकारको यो निर्णयप्रति एकातिर प्रशंसा भइरहेको छ भने अर्कोतर्फ आलोचना पनि भइरहेको छ। तर, निर्णय सार्वजनिक भएको २४ घण्टा नपुग्दै मन्त्रालयले उक्त सूचना वेबसाइटबाट हटाएको छ।

वैशाख १ देखि देशभर ‘ब्रिज कोर्स’ र इन्ट्रान्स तयारी कक्षा चलाउन नपाइने
















प्रतिकृया