सीमाबाट ५ सय रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने

सीमाबाट ५ सय रुपैयाँसम्मको सामान ल्याउँदा भन्सार नलाग्ने

सरकारले स्थल सीमा नाकाबाट आवतजावत गर्ने यात्रुले साथमा ल्याउन वा लैजान पाउने निजी प्रयोगका सामानको भन्सार छुट सीमा बढाएर ५ सय रुपैयाँ पुर्‍याएको छ।

अर्थ मन्त्रालयले राजपत्रमा सूचना प्रकाशित गर्दै यस्तो व्यवस्था लागू गरेको हो। नयाँ व्यवस्था अनुसार ५ सय रुपैयाँसम्म मूल्य पर्ने निजी प्रयोगका वस्तुहरू भन्सार प्रमुखले आवश्यकताका आधारमा महसुल नलिई छाड्न सक्नेछन्।

यसअघि यो सीमा १ सय रुपैयाँ मात्र रहेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

guest
0 Comments
Oldest
Newest Most Voted

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स