insta insta

एनएमबी बैंकले सातै प्रदेशमा जागिर खुलायो, सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने

एनएमबी बैंकले सातै प्रदेशमा जागिर खुलायो, सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने
Advertisement Ads

एनएमबी बैंक लिमिटेडले व्यवस्थापन प्रशिक्षार्थी (Management Trainee) पदका लागि २० जना कर्मचारी भर्ना गर्न आवेदन खुला गरेको छ।

यस पदका लागि इच्छुक उम्मेदवारहरूले मान्यता प्राप्त विश्वविद्यालयबाट व्यवस्थापन वा सो सरहको विषयमा स्नातकोत्तर (master’s degree) उत्तीर्ण गर्नुपर्नेछ। साथै, एसएलसी/एसईई तथा सोपछिका सबै शैक्षिक तहहरूमा न्यूनतम ४५% वा सो सरहको सीजीपीए आवश्यक छ। नेपालबाहिरको विश्वविद्यालयबाट अध्ययन गरेकाले त्रिभुवन विश्वविद्यालय (TU) को समकक्षता प्रमाणपत्र पेश गर्नुपर्नेछ। उम्मेदवारको उमेर ३० वर्ष ननाघेको (२०८१ चैत २७ सम्म) हुनुपर्नेछ।

छनोट प्रक्रियामा लेख्य परीक्षा, समूह छलफल (Group Discussion) र अन्तर्वार्ता समावेश रहनेछ। साथै, उम्मेदवारहरूलाई अंग्रेजी तथा नेपाली भाषामा राम्रो दक्षता हुनुका साथै एमएस अफिस (MS Office) सम्बन्धी ज्ञान अनिवार्य छ। सफल उम्मेदवारहरूलाई बैंकको प्रधान कार्यालय तथा सातवटै प्रदेशका शाखाहरूमा तोकिनेछ।

कुनै पनि प्रकारको सोर्सफोर्स लगाउन खोजे स्वत: ‘डिस्क्वालिफाइड’ हुने बैंकले जनाएको छ। यसबाहेक, बैंकले फोनमार्फत सोधपुछ नगर्न आग्रह गरेको छ। इच्छुक उम्मेदवारहरूले (NMB Bank – Job vacancy in Nepal | merojob) मा लगइन गरी आवेदन दिन सक्नेछन्।

आवेदन दिने अन्तिम मिति २०८१ चैत २७ (April 9, 2025) रहेको छ।

486533049 1077999084359451 2945919424395820125 n https://bajarkochirfar.com/nmb-bank-opens-job-openings-in-all-seven-provinces-those-trying-to-hire-resource-workers-will-be-automatically-disqualified | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स