दाबी भुक्तानी बढ्दा एनएलजी इन्स्योरेन्सको घट्यो नाफा

बजारको चिरफार
बजारको चिरफार
२०८२ बैशाख २९ गते
दाबी भुक्तानी बढ्दा एनएलजी इन्स्योरेन्सको घट्यो नाफा
AdvertisementAds

एनएलजी इन्स्योरेन्सले  चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा ९.७८ प्रतिशतले घटेर १२ करोड ३३ लाख रुपैयाँमा पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा कम्पनीले १३ करोड ६७ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीको खुद बीमा शुल्क आम्दानी ३१.६६ प्रतिशतले बढेर ६६ करोड ५८ लाख रुपैयाँ पुगेको छ। यता, कमिसन आम्दानी १७.४४ प्रतिशतले बढेर २३ करोड ४ लाख रुपैयाँ पुगेको छ। लगानी तथा कर्जाबाट हुने आम्दानीमा २३.३० प्रतिशतको गिरावट र दाबी भुक्तानी रकम ३५.५३ प्रतिशतले बढेपछि कम्पनीको नाफामा कमी आएको हो। कम्पनीको चुक्ता पुँजी २ अर्ब ५० करोडभन्दा बढी रहेको छ।

समीक्षा अवधिमा कम्पनीको प्रति सेयर आम्दानी ६ रुपैयाँ ५७ पैसा र प्रतिसेयर नेटवर्थ १८० रुपैयाँ ५७ पैसा  छ।

अन्य कम्पनीहरुको तेस्रो त्रैमासको वित्तीय विवरण पढ्न यहाँ क्लिक गर्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स