एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको १९औं वार्षिक साधारणसभा आज काठमाडौं, बालुवाटारस्थित आम्रपाली ब्याङ्केटमा सम्पन्न भएको छ। सभामा आर्थिक वर्ष २०७९/८० को मुनाफाबाट २.५० प्रतिशत बोनस सेयर र करसहित ०.१३१५७९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
साधारणसभाले अघिल्लो आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन र अन्य वित्तीय विवरणहरू स्वीकृत गर्नुका साथै चालु आर्थिक वर्षका लागि लेखापरीक्षकको नियुक्ति र पारिश्रमिक पनि निर्धारण गरेको छ।
त्यसैगरी, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव, अघिल्लो आवमा भएको खर्च अनुमोदन गर्ने प्रस्ताव र सञ्चालकहरूको बैठक भत्तासम्बन्धी प्रस्ताव पनि सभाबाट पारित भएका छन्।कम्पनीले सभाका लागि लाभांश वितरण प्रयोजनार्थ जेठ २२ गते बुक क्लोज गरेको थियो। त्यस अनुसार, जेठ २१ गतेसम्म कायम सेयरधनीहरू लाभांश प्राप्त गर्न योग्य हुनेछन्।









![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-768x403.png)






![सेयर बेच्नुअघि १५ दिने सूचना दिनुपर्ने व्यवस्थाबारे सेबोनसँग लगानीकर्ताको ३ घण्टा छलफल, कसले के भने? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/Stay-Updated-With.-2-3-150x150.png)

![Big Money ‘Exit’ हुँदैछ कि कित्ता थप्दैछ ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/rsHemoBw6BY-maxresdefault-150x150.jpg)

प्रतिकृया