नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले निष्काशन गरेको ‘निफ्रा हरित ऊर्जा ऋणपत्र ६%–२०८८/८९’ को बाँडफाँड सम्पन्न भएको छ। यो ऋणपत्र जेठ २५ देखि २८ गतेसम्म बिक्रीमा ल्याइएको थियो।
बैंकले कुल ५० लाख कित्ता ऋणपत्र प्रति कित्ता १ हजार रुपैयाँको दरले निष्काशन गरेको थियो। यसमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट र १ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित राखिएको थियो भने बाँकी १९ लाख कित्ता सर्वसाधारणका लागि खुला गरिएको थियो।
बिक्री अवधिमा मागभन्दा बढी आवेदन परेपछि अयोग्य आवेदनहरू रद्द गरी बाँकी योग्य आवेदकहरूलाई बाँडफाँड गरिएको बैंकले जानकारी दिएको छ। बाँडफाँडमा नपरेका लगानीकर्ताहरूको रकम फिर्ता गर्ने प्रक्रिया पनि सुरु गरिएको छ।
यस ऋणपत्रको निष्काशन तथा बिक्री प्रबन्धक एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको थियो।







![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-768x432.jpg)






![Indicators को सही प्रयोग कसरी गर्ने ? Moving Average, ROC, MACD, RSI [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/P0aB_SB3M0g-maxresdefault-1-150x150.jpg)





प्रतिकृया