लाभांश पारित गर्न निफ्राले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

बजारको चिरफार
बजारको चिरफार
२०८२ मंसिर २ गते
लाभांश पारित गर्न निफ्राले बोलायो साधारण सभा, बुकक्लोज कहिले ?

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई वितरण गर्ने लाभांश पारित गर्न साधारण सभा बोलाएको छ।

बैंकले मंसिर २३ गते, मंगलबार, काठमाडौँको बत्तिसपुतली स्थित अनुपम फुडल्याण्ड एण्ड ब्याङ्क्वटमा आफ्नो सातौँ वार्षिक साधारण सभा आयोजना गर्ने भएको छ। सभा बिहान ९ बजे शुरु हुनेछ।

सभामा हाल कायम चुक्ता पूँजीको ६.३१५८ प्रतिशत दरले नगद लाभांश (कर प्रयोजनसहित) वितरण गर्ने, लेखापरीक्षक नियुक्त गर्ने, र सर्वसाधारण सेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने दुई जना सञ्चालकको निर्वाचन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ।

साधारण सभा तथा लाभांश वितरणका लागि बैंकले मंसिर १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार मंसिर ११ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरूले बैंकको साधारण सभामा सहभागिता जनाउन र लाभांश प्राप्त गर्न सक्नेछन्।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स