एनआईसी एशिया बैंकले चैत २५ देखि २८ गतेसम्म निष्काशन गरेको ७ प्रतिशत ब्याजदरयुक्त १० वर्षे अवधि भएको ‘७% एनआईसी एशिया डिबेञ्चर २०९१’ को बाँडफाँड चैत ३१ गते सम्पन्न गरेको छ।
बैंकले प्रतिऋणपत्र १ हजार रुपैयाँ दरमा ५० लाख कित्ता ऋणपत्र निष्काशनका लागि सेबोनबाट स्वीकृति पाएको थियो। जसमध्ये ३० लाख कित्ता व्यक्तिगत तवरबाट र २० लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको हो।
सर्वसाधारण भागबाट १ लाख कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकीमा सार्वजनिक आवेदन खुलाइएको थियो। बिक्री अवधिमा रीतपूर्वक आवेदन दिएका आवेदकहरूलाई आइतबार बाँडफाँड गरिएको हो।
यस ऋणपत्रको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।



















![कस्ता Hydro मा बढ्दैछ आकर्षण ? Hydropower Sector Analysis [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/08/2bLqyfokqxE-maxresdefault-150x150.jpg)

प्रतिकृया