एकैपटक ५ कम्पनीको साढे १४ लाख कित्ता सेयर बेच्दै एनआईसी एशिया बैंक, कुनको कति मूल्य?

बजारको चिरफार
बजारको चिरफार
२०८१ चैत्र ३ गते
एकैपटक ५ कम्पनीको साढे १४ लाख कित्ता सेयर बेच्दै एनआईसी एशिया बैंक, कुनको कति मूल्य?
एनआइसी एसिया बैंक लिमिटेडले आफ्नो स्वामित्वमा रहेको ५ वटा कम्पनीको १४ लाख ४६ हजार ९०२ कित्ता संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको छ। बैंकले ५ कम्पनीको३१ करोड ९० लाख ७१ हजार ८२० रुपैयाँ बराबरको संस्थापक सेयर लिलामीमार्फत बिक्रीमा राखेको हो। जसमा बैंकले सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ५० हजार कित्ता, सूर्योदय वोमी लघुवित्तको ५९ हजार ६० कित्ता, सूर्यज्योति लाइफको ५० हजार कित्ता, निफ्राको १० लाख कित्ता र जीवन विकास लघुवित्तको २ लाख ८७ हजार ८४२ गरी कुल १४ लाख ४६ हजार ९०२ कित्ता सेयर आज (चैत ३ गते) देखि लिलामीमा राखेको हो ।
सेयर खरिद गर्न इच्छुक लगानीकर्ताले चैत १० गतेसम्म गोप्य शिलबन्दी बोलपत्र पेस गर्नुपर्नेछ । यसमा सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको ६९६ रुपैयाँ, सूर्योदय वोमी लघुवित्तको न्यूनतम मूल्य २६९ रुपैयाँ, सूर्यज्योति लाइफको १५९ रुपैयाँ, निफ्राको १०५ रुपैयाँ र जीवन विकास लघुवित्तको ५४० रुपैयाँ न्यूनतम मूल्य निर्धारण गरिएको छ ।
सिटिजन ट्रष्टको सेयरमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीले मात्रै आवेदन दिन पाउनेछन् भने अन्य कम्पनीको सेयर सबैले खरिद गर्न सक्नेछन्।साथै, सिटिजन इन्भेष्टमेन्ट ट्रष्टको बोलपत्र पेश गर्दा न्यूनतम १० हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ । अन्य ४ कम्पनीको सेयर खरिदका लागि बोलपत्र पेश गर्दा भने न्यूनतम ५ हजार कित्तादेखि अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन दिन सकिनेछ ।
सेयर बिक्री प्रबन्धकमा एनआइसी एसिया क्यापिटल लिमिटेड रहेको छ । बोलपत्र आवेदन काठमाडौंको थापाथली ट्रेड टावरस्थित एनआइसी एसिया क्यापिटलको कार्यालय वा थापाथलीस्थित एनआइसी एसिया बैंकको कर्पोरेट कार्यालयसँगै विराटनगर, वीरगन्ज, पोखरा, बुटवल, धनगढी र सुर्खेत शाखा कार्यालयमा बुझाउन सकिनेछ ।

 

 

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स