एनआइसी एसिया बैंकले चैत २५ गतेदेखि ऋणपत्र बिक्री खुला गर्ने भएको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरले कुल ५० लाख इकाई बिक्री खुला गर्न लागेको हो । जसमध्ये ४० प्रतिशत अर्थात २० लाख इकाई सर्वसाधारणलाई जारी हुनेछ भने ६० प्रतिशत अर्थात ३० लाख इकाई प्राइभेट प्लेसमेन्ट गरिनेछ ।
उक्त ऋणपत्रमा चैत २८ गतेसम्म आवेदन दिन सकिन्छ । उक्त समयसम्म सबै इकाई बिक्री नभएमा वैशाख ८ गतेसम्म भर्न सकिन्छ । बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ।सर्वसाधारणलाई जारी हुने इकाईबाट ५ प्रतिशत अर्थात १ लाख इकाई भने म्युचुअल फन्डलाई छुट्याइएको बैंकले जानकारी गराएको छ । बैंकले १० वर्ष अवधि भएको ‘७ एआइसी एसिया डिबेन्चर २०९१’ निष्काशन गर्न लागेको हो । यसमा वार्षिक ७ प्रतिशत ब्याजदर प्रदान हुने बैंकले जनाएको छ । लगानीकर्ताले न्यूनतम २५ इकाईदेखि अधिकतम २५ लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र शाखा कार्यालयहरु र मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसमा प्रभु क्यापिटल लिमिटेड बिक्री प्रबन्धक रहेको छ । क्रेडिट रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले एनआइसी एसियालाई आइआरएन इस्यूअर रेटिङ ट्रिपल बी प्लस प्रदान गरेको छ । जसले समयमा वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम सुरक्षित रहेको जनाउछ।







![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-768x432.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-768x432.jpg)





![नेप्सेमा बटम बन्यो? मौद्रिक नीति, असार मसान्त र सेबोन नेतृत्वले बजारलाई कहाँ पुर्याउला ?[भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/9c2JAZtEdNU-maxresdefault-150x150.jpg)
![सानिगाडको IPO परेको छ ? अब के होला ? Long Term Hold गर्दा के होला ? [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/maxresdefault-150x150.jpg)




प्रतिकृया