वैशाखमा एकै महिनामा रेमिट्यान्सको नयाँ रेकर्ड

बजारको चिरफार
बजारको चिरफार
२०८२ जेष्ठ २७ गते
वैशाखमा एकै महिनामा रेमिट्यान्सको नयाँ रेकर्ड

वैशाख महिनामा नेपालमा अहिलेसम्मकै सबैभन्दा धेरै रेमिट्यान्स भित्रिएको छ। राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्याङ्कअनुसार चालू आर्थिक वर्षको वैशाखमा कुल १ खर्ब ६५ अर्ब ३० करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जुन एक महिनाको रूपमा सबैभन्दा ठूलो रकम हो।

राष्ट्र बैंकको तथ्याङ्क अनुसार, चालू आर्थिक वर्षको पहिलो १० महिनामा कुल १३ खर्ब ५६ अर्ब ६१ करोड रुपैयाँ भित्रिएको छ। यस अवधिमा रेमिट्यान्समा १३.२ प्रतिशत वृद्धि देखिएको छ, जबकि अघिल्लो वर्षको सोही अवधिमा यो वृद्धिदर १६.९ प्रतिशत थियो।

अमेरिकी डलरमा हेर्दा रेमिट्यान्स १०.५ प्रतिशतले बढेर ९ अर्ब ९६ करोड पुगेको छ। अघिल्लो वर्षको वृद्धिदर १४.८ प्रतिशत थियो।

वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (नयाँ) लिने नेपालीको संख्या ४ लाख ५ हजार ६१० पुगेको छ भने पुनः श्रम स्वीकृति लिनेको संख्या २ लाख ८० हजार ३१४ रहेको छ।  अघिल्लो वर्षको सोही अवधिमा यी संख्याहरू क्रमशः ३ लाख ७३ हजार ३०७ र २ लाख ३६ हजार ३९८ थिए।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स