रास्वपाबाट समानुपातिकतर्फ नव व्यवसायीहरू

रास्वपाबाट समानुपातिकतर्फ नव व्यवसायीहरू

आउँदो फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को समानुपातिक सूचीमा व्यवसायीहरू पनि समावेश भएका छन्। रास्वपाले समानुपातिकतर्फ व्यवसायीकै पहिचान समूहबाट उम्मेदवार राखेको हो।

सूचीमा सचिन ढकाल, विदुषी राणा, अनुष्का श्रेष्ठ, लिमा अधिकारी (आचार्य) र डा. राम लामा परेका छन्। सचिन ढकाल, विदुषी राणा र लिमा अधिकारी खस आर्य पहिचान समूहबाट छन् भने डा. राम लामा र अनुष्का श्रेष्ठ आदिवासी जनजाति पहिचान समूहबाट समानुपातिक सूचीमा अटाएका छन्। ढकाल खस आर्य पुरुषतर्फ दोस्रो नम्बरमा, राणा खस आर्य महिलातर्फ दोस्रो नम्बरमा, लिमा तेस्रो नम्बरमा, लामा समानुपातिक सूचीको पहिलो नम्बरमा र श्रेष्ठ १८औँ नम्बरमा परेकी छन्।

सचिन ढकाल आईएमई ग्रुपका निर्देशक हुन् र नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र ढकालका छोरा हुन्। उनी एफसी चितवन फुटबल क्लबका अध्यक्षसमेत हुन्। विदुषी राणा गोल्डस्टार जुत्ता कम्पनीकी कार्यकारी निर्देशक हुन्, जसका उत्पादनहरू नेपालसहित विदेशमा पनि निर्यात हुन्छन्।

सन् २०१९ की मिस नेपाल अनुष्का श्रेष्ठ ‘माक्कुसे’ लक्जरी मिठाइ ब्रान्डकी सञ्चालक हुन्। लिमा अधिकारी (आचार्य) पूर्व रास्वपा कोषाध्यक्ष हुन् र नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेडकी सञ्चालक समिति सदस्य पनि हुन्। उनका श्रीमान सुदीप आचार्य डिशहोमका कार्यकारी निर्देशक हुन्।

डा. राम लामा ऊर्जा व्यवसायी र काठमाडौँ विश्वविद्यालयका प्राध्यापक हुन्। उनले मेकानिकल इन्जिनियरिङमा पीएचडी गरेका छन् र ग्रिन हाइड्रोजन ल्याबका कोअर्डिनेटर हुन्। जलविद्युत् क्षेत्रमा उनको १० वर्षभन्दा बढीको औद्योगिक अनुभव छ।

AdvertisementAds

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स