SHAREHUB SHAREHUB

नयाँ व्यवसाय दर्ता अब दुई दिनभित्रै हुने, सरकारले राष्ट्र बैंकलाई दियो यस्तो निर्देशन

Advertisement Ads
नयाँ व्यवसाय दर्ता अब दुई दिनभित्रै हुने, सरकारले राष्ट्र बैंकलाई दियो यस्तो निर्देशन
Advertisement Ads

सरकारले उद्यमशीलता प्रवर्द्धन र लगानी वातावरण सुधार गर्ने उद्देश्यसहित व्यवसाय दर्ता तथा सेवा प्रक्रियालाई सरल र छिटो बनाउने निर्णय गरेको छ। सरकारद्वारा सार्वजनिक गरिएको १०० बुँदे कार्यसूचीमा यस्तो व्यवस्था गरिएको हो।

यसअन्तर्गत व्यवसाय दर्ता प्रक्रियालाई झन्झटरहित र दुई दिनभित्र सम्पन्न गर्न ‘Startup Fast Track’ प्रणाली लागू गरिनेछ।

त्यसैगरी, साना तथा मझौला उद्योग (SME), कृषि तथा सूचना प्रविधि क्षेत्रको ऋणप्रवाह सहज बनाउन नेपाल राष्ट्र बैंकले जोखिम भार (Risk Weightage) ३० दिनभित्र घटाउने उल्लेख छ।

यससँगै व्यवसाय दर्ता, कर दर्ता, बैंक खाता खोल्ने तथा अन्य आवश्यक अनुमति प्रक्रियाहरूलाई एकीकृत गरी ४५ दिनभित्र ‘One Door Business Platform’ मार्फत सेवा उपलब्ध गराइनेछ।

सरकारले उक्त प्लेटफर्ममार्फत सम्पूर्ण प्रक्रिया डिजिटल, पारदर्शी र ट्र्याकिङयोग्य बनाइने जनाएको छ। आवश्यक कानुनी, प्राविधिक तथा प्रक्रियागत सुधारहरू तत्काल लागू गरिने पनि कार्यसूचीमा उल्लेख छ।

Advertisement Ads

download 13 https://bajarkochirfar.com/new-business-registration-will-now-be-done-within-two-days-the-government-has-given-this-instruction-to-the-national-bank | %tags

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेज बिज शर्ट्स