नेप्सेमा झिनो अंकको गिरावट, झण्डै ९ अर्बको कारोबार
आज नेप्से परिसूचक ४.४५ अङ्कले घटेर २७११.४५ मा बन्द भएको छ। आज १३ उपसमूह मध्ये २ उपसमूह बढेको छ भने बाकी उपसमूह घटेको छ । दिनभर ८ अर्ब ९५ करोडको कारोबार हुँदा सर्वाधिक कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ। यस दिन ३०९ कम्पनीको १ करोड ९१ लाख सेयर कारोबार भएको छ।
नेप्से ४.४५ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य बढ्यो: आज नेप्से ४.४५ अङ्कले घट्दा ११३ कम्पनीको सेयर मूल्य बढेको छ। आज धेरै बढ्नेमा क्रमश: उपकार लघुवित्त , छ्याङदी हाइड्रोपावर, सेन्ट्रल फाइनान्स, पोखरा फाइनान्स, र समृदि फाइनान्स रहेको छ।
नेप्से ४.४५ अङ्कले घट्दा सबैभन्दा बढी कसको सेयर मूल्य घट्यो: आज नेप्से ४.४५ अङ्कले घट्दा १३३ कम्पनीको सेयर मूल्य घटेको छ। आज धेरै घटनेमा क्रमश: सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, मध्ये भोटेकोशी, न्यादी हाइड्रोपावर र ग्रीन डेभलपमेन्ट बैंक रहेको छ।