आज नेप्से परिसूचक १९.९७ अंकले बढेर २७५८.०४ बिन्दुमा बन्द भएको छ। आज ४ वटा कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। साथै, आज १३ उपसमूह मध्ये ९ उपसमूह बढेको छ भने ४ उपसमूह घटेको छ। सर्वाधिक बढ्ने उपसमूहमा ट्रेडिंग उपसमूह रहेको छ। दिनभर १० अर्ब ५४ अर्बको कारोबार हुँदा सर्वाधिक कारोबार नेपाल फाइनान्सको भएको छ।
नेप्से परिसूचक १९.९७ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य बढ्यो: आज सेयरबजार १९.९७ अंकले बढ्दा ४ कम्पनिको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने १२६ कम्पनीहरूको सेयरमूल्य बढेको छ। सर्बाधिक बढ्नेमा क्रमश: तारागाँउ रेजेन्सी होटेल, खानी खोला हाईड्रो , बिशाल बजार कम्पनी, जोशी हाईड्रो , र अपर स्याङ्गे हाईड्रो रहेका छन।

नेप्से परिसूचक १९.९७ अङ्कले बढ्दा सबैभन्दा बढी कसको सेयरमूल्य घट्यो:
आज नेप्से १९.९७ अंकले बढ्दा १११ कम्पनीको सेयरमूल्य घटेको छ। सर्बाधिक घट्नेमा क्रमश: नेपाल फाइनान्स, गुराँस लघुवित्त, विन नेपाल लघुवित्त, सामुदायिक लघुवित्त र एक्सेल देब्लोप्मेंट रहेको छ।


प्रतिकृया