नेपालले हेन्ली पासपोर्ट इन्डेक्स–२०२६ मा चार स्थान सुधार गर्दै आफ्नो स्थिति उकालेको छ। नयाँ प्रतिवेदनअनुसार नेपाल १०१औं स्थानबाट ९७औं स्थानमा पुगेको हो। नेपालले उत्तर कोरियासँग ९७औं स्थान साझा गरेको छ, जहाँ दुवै देशको भिसा–फ्री स्कोर ३५ रहेको छ।
इन्डेक्सअनुसार सिंगापुर शीर्ष स्थानमा रहेको छ, जसका नागरिकले १९२ देशमा भिसा–फ्री पहुँच पाएका छन्। दोस्रो स्थानमा जापान, दक्षिण कोरिया र संयुक्त अरब इमिरेट्स (यूएई) रहेका छन् भने तेस्रो स्थानमा स्विडेन रहेको छ।
चौथो स्थानमा बेल्जियम, डेनमार्क, फिनल्यान्ड, फ्रान्स, जर्मनी, आयरल्यान्ड, इटाली, लक्जम्बर्ग, नेदरल्यान्ड, नर्वे, स्पेन र स्विट्जरल्यान्ड परेका छन्। पाँचौं स्थानमा अस्ट्रिया, ग्रिस, माल्टा र पोर्चुगल रहेका छन्।
प्रतिवेदनअनुसार सन् २०२५ मा शीर्ष १० बाट बाहिरिएको अमेरिका पुनः शीर्ष १० भित्र फर्किएको छ। दक्षिण एसियाली देशहरूमा भारत ७८औं स्थानमा छ भने चीन ५६औं स्थानमा पुगेको छ। पाकिस्तान १००औं स्थानमा रहँदा अफगानिस्तान सूचीको अन्तिम स्थानमा रहेको छ।

प्रतिकृया