SHAREHUBSHAREHUB

उम्मेदवार टुंगो लगाउन कांग्रेस सभापति थापाले बोलाए बैठक

AdvertisementAds
उम्मेदवार टुंगो लगाउन कांग्रेस सभापति थापाले बोलाए बैठक
AdvertisementAds

नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन्। संसदीय बोर्डका एक सदस्यका अनुसार बैठक बिहान ११ बजेबाट सुरु हुनेछ। उनले भने, “सबै पक्षलाई मिलाएर टिकट बाँड्ने निश्चित भएको छ। संसदीय बोर्डको बैठक बसेर उम्मेदवारको टुंगो लगाइनेछ।”

संसदीय बोर्डमा सभापति, दुई उपसभापति, दुई महामन्त्री र आठ सहमहामन्त्री रहेका छन्। निवर्तमान सभापति शेरबहादुर देउवा र नेता डा. शेखर कोइरालाको पक्षले हिजोदेखि नै नेताहरूबीच संवाद गर्दै टिकट वितरणको सहमति मिलाउन प्रयास गरिरहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिकृया

सम्बन्धित खबर

होमपेजबिज शर्ट्स