नेपाली कांग्रेसको संसदीय दलको नेता चयन गर्नका लागि पार्टीको कार्यसम्पादन समितिको बैठक आज बस्दैछ।
कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालका अनुसार बैठक सोमबार बिहान ११ बजे पार्टी कार्यालय सानेपामा बस्नेछ। बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी तथा सदस्यहरूलाई निमन्त्रणा गरिएको छ, जसमा सभापति गगन थापासहितका नेताहरूको सहभागिता रहनेछ।
नेताहरूका अनुसार आजको बैठकले कांग्रेस संसदीय दलको नेता सर्वसम्मत रूपमा चयन गर्ने सम्भावना रहेको छ। बैठकमा सभापति गगनकुमार थापाले दलको नेताको नाम प्रस्ताव गर्ने र सहभागी सदस्यहरूले त्यसलाई अनुमोदन गर्ने तयारी गरिएको छ।
कार्यसम्पादन समितिको बैठक सकिएपछि सोमबार दिउँसो संसदीय दलको बैठक पनि बोलाइएको छ। निर्वाचन सम्पन्न भएको करिब दुई महिना बितिसक्दा पनि कांग्रेसले संसदीय दलको नेता चयन गर्न सकेको छैन, सहमति नजुट्नु नै यसको प्रमुख कारण रहेको बताइन्छ।
सहमति बनेमा आजको कार्यसम्पादन समितिबाट प्रस्ताव गरिएको नामलाई संसदीय दलको बैठकले औपचारिक रूपमा अनुमोदन गर्नेछन्।


















![सेबोन अध्यक्ष भट्टले सार्वजनिक गरे पूँजी बजार विकासका १५ प्रमुख एजेन्डा [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/07/89bc274a-9daf-4136-875c-cec0d72f8ee8-150x150.png)

प्रतिकृया