नेपाली कांग्रेसले भक्तपुर–२ बाट कविर राणालाई उम्मेदवार बनाउने निर्णय गरेको छ।
मंगलबार बिहान बसेको कांग्रेस संसदीय बोर्डको बैठकले राणालाई सो क्षेत्रको प्रतिनिधिसभा उम्मेदवार बनाउने निर्णय गरेको हो।
यस क्षेत्रबाट अघिल्लोपटक नेपाली कांग्रेसका उम्मेदवार तथा जिल्ला सभापति दुर्लभ थापा निर्वाचित भएका थिए। सोही क्षेत्रमा यसपटक कांग्रेसले राणालाई उम्मेदवार बनाएको हो।
भक्तपुर–२ मा नेकपा एमालेबाट महेश बस्नेत र राष्ट्रिय स्वतन्त्र पार्टीबाट राजीव खत्री उम्मेदवार रहेका छन्।

















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया