नेपाली कांग्रेसले प्रतिनिधि सभा समानुपातिकतर्फका उम्मेदवारको सूची निर्वाचन आयोगमा बुझाएको छ। कांग्रेसले हिजै आयोगबाट निस्सा लिएर आज बिहान करिब साढे ११ बजे मुख्यसचिव कृष्णप्रसाद पौडेलसहितको टोलीमार्फत ११० जनाको उम्मेदवार सूची बुझाएको हो।
कांग्रेसले यसपटक समानुपातिक उम्मेदवार छनोटमा नयाँ अनुहारलाई प्राथमिकता दिएको जनाएको छ। पार्टीले २०६४ देखि २०७९ सम्म अवसर पाएकाहरूलाई समानुपातिक उम्मेदवार नबनाउने निर्णय गरेको थियो। सोही निर्णयअनुसार १४ जना पदाधिकारीमध्ये सहमहामन्त्री भीष्मराज आङ्देम्बे मात्र समानुपातिक उम्मेदवार सूचीमा परेका छन्। साथै, पूर्वसहमहामन्त्री अर्जुननरसिंह केसी पनि उम्मेदवारका रूपमा सूचीमा छन्। उनी नुवाकोटबाट समानुपातिकतर्फ सिफारिसमा परेका थिए।
पार्टीको प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माका अनुसार सूचीमा नयाँ पुस्तालाई विशेष प्राथमिकता दिइएको छ। समानुपातिक उम्मेदवारमध्ये ३५ वर्षमुनिका १५ जना रहेका छन् भने नेविसंघ, तरुण दललगायतका संगठनमा सक्रिय रूपमा काम गरेका व्यक्तिहरूलाई पनि उम्मेदवार बनाइएको छ।
















![ज्याला मजदुरी गर्दै पढे; सेयर बजारले भाग्य बदल्यो: तिलक कोइराला [भिडियोसहित]](https://bajarkochirfar.com/wp-content/uploads/2026/10/HOygnA4BXX4-maxresdefault-150x150.jpg)





प्रतिकृया